‘अख्तियार’ र विशेष अदालतमा आगजनी भए पनि भ्रष्टाचारका उजुरी र प्रमाण ‘जीवितै’

भ्रष्टाचारविरुद्ध र सुशासनलाई पनि मुद्दा बनाएको जेन जी आन्दोलनका क्रममा भ्रष्टाचारको मुद्दा हेर्ने विशेष अदालत र अनुसन्धान गरेर मुद्दा चलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालयलाई पनि निसाना बनाइयो।

आगलागीले ती दुवै निकायका भौतिक संरचनामा क्षति पुगेको छ। त्यसले गर्दा पहिले जसरी नियमित काममा फर्किन केही समय लाग्ने अधिकारीहरूले जनाएका छन्।

आन्दोलनमा घुसपैठ भएको चर्चाका बीच ती दुई निकायका कार्यालयमा आगजनी गरिएपछि कतिपयले भ्रष्टाचारका प्रमाणहरू मेटाउने प्रयास भएको आशङ्का पनि गरेको पाइन्छ।

“जुन तोडफोड र आगजनी भएको छ, त्यो हेर्दा केही प्रयास भएको देखिन्छ, केन्द्रीय कार्यालयको केही कोठाहरू जलेका छन्,”आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले कार्यालयको अवस्थाबारे जानकारी दिए।

“तर फाइलहरू भएको कोठा नपरेको हुनाले प्रभाव कम परेको छ,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *