Advertisement
Advertisement
Advertisement

चुनावको दिनगन्ती सुरु भइसक्दा ‘अपूर्ण’ सरकारको ‘अलमल’

  • अशोक दाहाल
  • Role, बीबीसी न्यूज नेपाली
  • २० सेप्टेम्बर २०२५

छ महिनाभित्र चुनाव गराउने सर्तसहित अन्तरिम प्रधानमन्त्री बनेकी सुशीला कार्कीसँग प्रतिनिधिसभा निर्वाचन गराउन अब १६७ दिन मात्रै बाँकी छन्।

प्रधानमन्त्री नियुक्त भएकै दिन उनको सरकारले १७५ दिनभित्र अर्थात् फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने घोषणा गर्‍यो। कतिपयका टिप्पणीमा ‘निकै छोटो’ समयमा चुनाव गराउने वाचा गरेकी कार्कीले प्रधानमन्त्री नियुक्त भएको एक सातासम्म पनि १५ वटा मन्त्रालय एक्लै चलाउनुपर्ने बाध्यता छ।

कार्की नेतृत्वको सरकारले एक साता बिताउँदा उनीसँग तीन जना मात्रै मन्त्री छन्। आफूले १०-११ जना मात्र मन्त्री बनाउने बताएकी कार्कीको सरकारसँग मन्त्रिपरिषद्‌को पूर्णताबारे प्रश्न गर्न थालिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement