Advertisement
Advertisement
Advertisement

सुनसरीको तनाव सिरहासम्म फैलियो…..

सिरहामा दुई पक्षबीच भीषण झडप, दुई जना घाइते स्थिति तनावग्रस्त बन्दै गएपछि कर्फ्यु जारी, आगजनी र तोडफोडपछि प्रहरीले चलायो गोली रियल खबर अनलाइन | काठमाडौं,१४ साउन, सिरहा। सुनसरीमा दुई समुदायबीच भएको तनावको प्रभाव अब सिरहासम्म फैलिएको छ। सिरहामा दुई पक्षबीच भएको झडपले जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। झडपका क्रममा कम्तीमा दुई जना घाइते…

Read More

देवानगन्जमा हिंसात्मक झडप : प्रहरीको गोली लागेर १ जनाको मृत्यु, छानबिन समिति गठन

रियल खबर अनलाइन | श्रावण १२ सुनसरीको देवानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ भने स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। स्थानीयका अनुसार सुरक्षाकर्मी घटनास्थलमा पुग्नुअघि नै अचानक विद्युत् आपूर्ति बन्द भएको थियो। त्यसलगत्तै प्रहरीले अन्धाधुन्ध गोली चलाएको आरोप…

Read More

साउन १ देखि प्रदर्शनमा आउँदै नेपाली चलचित्र ‘गौँथली’

रियल खबर अनलाईन असार ३० काठमाडौँ। नेपाली चलचित्रप्रेमीका लागि नयाँ उत्साह बोकेको चलचित्र ‘गौँथली’ यही साउन १ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ। ग्रामीण परिवेश, नेपाली संस्कृति, पारिवारिक सम्बन्ध र समाजका यथार्थ कथालाई समेटेर निर्माण गरिएको यस चलचित्रले दर्शकमाझ विशेष अपेक्षा जगाएको छ। चलचित्र ‘गौँथली’ ले नेपाली समाजको मौलिकता, गाउँघरको जीवनशैली, मानवीय सम्बन्ध…

Read More

विदेश अध्ययनमा नयाँ कडाइ: कन्सल्टेन्सी खोल्न २५ लाख धरौटी अनिवार्य, विद्यार्थी अलपत्र परे संस्थाबाटै क्षतिपूर्ति…

काठमाडौं। नेपाल सरकारले वैदेशिक अध्ययनका नाममा हुने ठगी, भ्रामक विज्ञापन र विद्यार्थी अलपत्र पर्ने घटनालाई नियन्त्रण गर्न शैक्षिक परामर्श (कन्सल्टेन्सी) व्यवसाय सञ्चालनसम्बन्धी नियममा कडाइ गर्ने तयारी गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार अब कन्सल्टेन्सी सञ्चालन गर्न न्यूनतम २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिने भएको छ। नयाँ प्रावधान लागू भएपछि विदेश अध्ययनका लागि विद्यार्थी पठाउने संस्थाहरू थप…

Read More

खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको पीडा: सरकारले खाना र पानीसमेत रोक्यो भन्ने गुनासो

काठमाडौं। भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरूले सरकारले सोमबार साँझदेखि खाना वितरण बन्द गरेको र पिउने पानीसमेत नदिएको भन्दै गम्भीर गुनासो गरेका छन्। प्रभावितमध्येकी कालीमाया परियारले आफ्नो पीडा सुनाउँदै भनिन्, “खाना त के, जार सबै भित्र राखेर हामीलाई पानी पनि दिइएन। बाटो–बाटोमा मानिसहरूले धर्मका लागि पानी राख्छन्, तर सरकारले सुकुमवासी भनेर हामीलाई धेरै…

Read More

१०० बुँदे शासकीय सुधार कार्यसूचीको एकतिहाइ मात्र कार्यान्वयन, कार्यान्वयनको गति बढाउन चुनौती…

रियल खबर अनलाईन २०,असार काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार कार्यसूची को कार्यान्वयन अपेक्षाअनुसार अघि बढ्न नसकेको देखिएको छ। सरकारी विवरणअनुसार हालसम्म करिब एकतिहाइ अर्थात् सीमित कार्यसूची मात्रै प्रभावकारी रूपमा कार्यान्वयनको चरणमा पुगेका छन्, जबकि बाँकी अधिकांश योजना अझै प्रारम्भिक प्रक्रिया, तयारी वा समन्वयको चरणमै रहेका छन्। सरकारले…

Read More

नेपाल–यूएईबीच श्रम सम्झौता प्रभावकारी कार्यान्वयनमा जोड

रियल खबर अनलाईन असार १७ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसी बीच भएको द्विपक्षीय भेटवार्तामा नेपाल–यूएई श्रम सम्झौताका प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सहमति भएको छ। भेटका क्रममा दुवै पक्षले नेपाली श्रमिकको सुरक्षा, अधिकार, रोजगारीका अवसर विस्तार…

Read More

नेपालका ११ जिल्लामा बर्डफ्लुको प्रकोप, ६ लाख पन्छी नष्ट — किसान राहतको पर्खाइमा…..

रियल खबर अनलाईन असार १७ काठमाडौं । नेपालका ११ जिल्लाका ८७ स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिएको छ। संक्रमण नियन्त्रणका लागि हालसम्म करिब ६ लाख पन्छी, ९ लाखभन्दा बढी अण्डा तथा ठूलो परिमाणमा दाना र अन्य सामग्री नष्ट गरिएको छ। बर्डफ्लुको प्रकोपका कारण कुखुरापालन व्यवसायमा ठूलो आर्थिक क्षति पुगेको छ। हजारौं किसानले आफ्नो लगानी…

Read More

अयान सिंह र शामी सुजी सुनारले चुमे मिस्टर र मिस एसईई फेसनिष्टा सिजन–४को ताज

रियल खबर अनलाईन असार १० काठमाडौँ। नेपालको अग्रणी इभेन्ट कम्पनी द राइजिङ क्रिएशनले विगत ७ वर्षदेखि गुणस्तरीय कार्यक्रमहरू आयोजना गर्दै युवा प्रतिभाहरूलाई अवसर प्रदान गर्दै आइरहेको छ। मिस्टर एण्ड मिस एसईई फेसनिष्टा, ग्ल्याम मोडल भोग लगायतका विभिन्न कार्यक्रममार्फत ७०० भन्दा बढी युवा मोडल तथा प्रतिभाहरूलाई राष्ट्रिय स्तरको मञ्च उपलब्ध गराइसकेको छ। यसै क्रममा मिस्टर एण्ड…

Read More

रास्वपा महाधिवेशनमा आजदेखि मतदान सुरु हुँदै! 🗳️🚨

काठमाडौं | असार १० | रियल खबर अनलाइन चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि आज राति ८:३० बजेदेखि मतदान सुरु हुने भएको छ। 🔥 केन्द्रीय निर्वाचन आयोगले चौथो पटक संशोधन गरेको निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गर्दै नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी हुनेछन्।…

Read More
×
Advertisement