रियल खबर अनलाइन – २२ मंसिर, काठमाडौं । २०८२ सालको अन्त्यतिर प्रदर्शनमा आउने आशा गरिएको फिल्म ‘मालती मंगले’ को अहिले धमाधम छायांकन चलिरहेको छ ।
छायांकन हुन बाँकी दुई गीतमध्ये एक ‘ढुंगामाथि लेउ’ को छायांकन अहिले काठमाडौंको उत्तरी क्षेत्र नं १ जर्सिङ पौवामा भैरहेको छ । कलाकार विजय बराल र वर्षा राउतले रोमान्टिक दृश्यमा पछिदी खुलेको हिमाल र रमणीय दृष्य छायांकन गरेको देख्न सकिन्छ ।
उक्त गीतको सङ्गीत योगीको रहेको छ ,भने गीतलाई रामकृष्ण ढकाल र रीतिका श्रेष्ठले स्वर दिएका छन् । शब्द हर्क साउदका हुन् ।
सोही गीतमा विजय र वर्षाले रोमान्टिक नृत्य गरिरहेका छन्, जहाँ उनीहरू क्लासिक बलिउड लुकमा देखिएका छन् । नृत्य निर्देशन रोशन बिकेले गरिरहेका छन् । अर्जुन तिवारीले दृश्य खिचिरहेका छन् ।


