काठमाडौँ, २४ पुस | रियल खबर अनलाइन – लुम्बिनी प्रदेश, प्युठानकी स्नेह केसीले हालै सम्पन्न मिस ग्रान्ड नेपाल २०२५ को मंचबाट मिस सुप्राग्लोबल नेपालको ताज जितेकी स्नेह केसीले भारतमा आयोजना हुन लागेको मिस सुप्राग्लोबल इन्टरनेसनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर गरेकी थिईन्।
स्नेह केसी केवल सौन्दर्यको प्रतीक मात्र होइन, उनी बहुमुखी प्रतिभा सम्पन्न व्यक्तित्व हुन्। डान्स, मोडेलिङ र शिक्षामा समर्पित रहँदै, उनले नेपाली युवतीहरूका लागि प्रेरणाको स्रोत बन्ने काम गरिरहेकी छिन्।

उनको उद्देश्य केवल व्यक्तिगत सफलता नभई नेपालको सांस्कृतिक पहिचान र राष्ट्रिय गर्वलाई विश्वमञ्चमा पुर्याउनु हो। प्रतियोगितामा उनले आफ्नो प्रस्तुतीकरण मार्फत नेपाली झण्डा फहराउँदै नेपाली कला, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय दर्शकसामु प्रस्तुत गर्नेछिन्।

स्नेहका समर्थकहरूका अनुसार, उनी आफ्नो मेहनत, लगन र प्रतिभाले विश्व मञ्चमा नेपाललाई चम्काउनेछिन् र नेपाली युवतीहरूका लागि प्रेरणाको स्रोत बन्नेछिन्। आयोजकहरूले पनि स्नेहको तयारी र प्रतिबद्धतालाई उच्च मूल्यांकन गरेका छन्।
रियल खबर अनलाइन स्नेह केसीलाई शुभकामना व्यक्त गर्दै भन्छ: “स्नेह केसीको यात्रा नेपाल र नेपाली युवतीहरूको लागि प्रेरणादायी छ। उनी आफ्नो प्रतिभाले नेपाललाई विश्वमञ्चमा गौरवान्वित बनाउनेछिन्।”






