Advertisement
Advertisement
Advertisement

विशेष अवसर पनि गुमाउँदै देउवा…

रियल खबर अनलाईन २७ पुस, काठमाडौं । नेपाली कांग्रेसको आज बाट सुरुहुने विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गरिने,उद्घाटन भंग पहिला पद यात्रा गरिदै ,। विशेष अवसर पनि गुमाउँदै देउवा जेन–जी विद्रोहको १ महिनापछि २९ असोजमा केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गरेर सक्रिय राजनीतिबाट अलग भएको घोषणा गर्दा देउवाप्रति सहानुभूति प्रकट भएको थियो, तर सिंगापुरबाट फर्किएसँगै पार्टीको ‘राजकाज’ मा सक्रिय भएका उनले विशेष महाधिवेशनलाई सहमति र संकल्पको मञ्च बनाउन अस्वीकार गरेर अर्को विशेष अवसर गुमाउादै छन्।

४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि भृकुटीमण्डपमा सुरु हुँदै छ । तर, राजनीतिमा पुस्तान्तरणको माग र जेन–जी विद्रोहको भावनालाई मात्र होइन, पार्टीको विधान र महाधिवेशन प्रतिनिधिको अधिकारलाई समेत अस्वीकार गरेका सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनलाई अवैध भनेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement