सनिशा बनिन् सान्टा 🎅✨

रियल खबर अनलाइन | ११ पुस, काठमाडौं — हिजो बिहीबार विश्वभर उल्लासपूर्वक क्रिसमस पर्व मनाइयो । यस अवसरमा नेपालमा पनि क्रिसमसको रौनक देखिएको छ भने नेपाली सेलिब्रेटीहरूले सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकलाई शुभकामना व्यक्त गरिरहेका छन् ।

यही क्रममा अभिनेत्री तथा मोडल सनिशा भट्टराई ले सान्टा अवतारमा प्रस्तुत हुँदै आकर्षक फोटोहरू सेयर गरेकी छन् । क्रिसमस थिममा तयार पारिएका तस्बिरहरू सार्वजनिक गर्दै उनले आफ्ना फ्यान तथा शुभेच्छुकलाई क्रिसमसको हार्दिक शुभकामना दिएकी हुन् ।

उनको सान्टा लुक सामाजिक सञ्जालमा छिट्टै भाइरल भइरहेको छ । प्रशंसकहरूले सनिशाको नयाँ अवतारको खुलेर प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् ।

क्रिसमसको अवसरमा सेलिब्रेटीहरूको यस्ता सन्देश र प्रस्तुतिले नेपालमा पनि पर्वको उत्साह अझ बढाएको देखिन्छ । 🎄🎁

Leave a Reply

Your email address will not be published. Required fields are marked *