रियल खबर अन लाईन २५ मंसिर, काठमाडौं । सडक विभागले विस्तारको क्रममा रहेका सडकको सीमा अतिक्रमण नगर्न सरोकारवाला सबैलाई सचेत गराएको छ।सडक विभाग, आयोजना निर्देशनालय (एडीबी)ले एक सूचना जारी गर्दै सडक सीमा अतिक्रमण नगर्न भनेको हो । खासगरी पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा मुग्लिन बजारदेखि त्रिशुली जलविद्युत् आयोजनाभन्दा पश्चिम नदीपारि गोरखातर्फ २ लेनको नयाँ सडक निर्माणको योजना रहेको हुनाले उक्त कुराको जानकारी गरायका हुन् ।
राजमार्ग विस्तार हुने क्षेत्रमा सडक अतिक्रमण नगर्न विभागले गरायो सचेत…






