फिल्मको कथासार यस्तो छ- आप्रवासीको रुपमा अस्ट्रेलियामा पुगेकी मुख्य पात्र चन्दाले ओराना पात्रमार्फत स्मृति प्राप्त गर्छिन् । उनी अलग भएका नेपाली बुबालाई खोज्न नेपालको यात्रामा जान्छिन् । समय र दूरीमा उनीहरूको जीवन एकअर्कासँग गाँसिन थाल्दा, चन्दाले ओरानाको सम्झनामार्फत आफ्नो विगतको सामना गर्न बाध्य हुन्छिन् ।
‘स्क्रिन अस्ट्रेलिया’ले पहिलोपटक नेपाली फिल्मको निर्माणमा अनुदान दिन लागेको हो । ‘हाम्रो कथासार र प्रोजेक्ट पास भएपछि पहिलो चरणमा हामीलाई स्क्रिप्ट लेखनका लागि अनुदान दिने निर्णय भएको हो’ ज्ञवालीले भने ।
छायांकन सिड्नी नजिकको कटुम्बा र नेपाली राजधानीमा हुनेछ । ‘नेपाली फिल्मकर्मीको लागि यो सफलता हो । नेपाली फिल्मकर्मीको क्षमतामाथि विश्वास गरेर लगानी गर्नु भनेको प्रवासमा रहेका नेपालीको लागि गौरवको कुरा हो’ इभेन्ट अर्गनाइजर राजेश केसीले बताए ।






