विश्व मञ्चमा नेपाली सिनेमाको ऐतिहासिक सफलता…
जेष्ठ १०, २०८३काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि गर्वको क्षण बनेको छ। निर्देशक अविनाशविक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जितेको छ।’ जित्न सफल भएको छ।
यो उपलब्धिसँगै नेपाली सिनेमा अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइमा पुगेको विश्लेषण गरिएको छ। कान्सजस्तो विश्व चर्चित फिल्म फेस्टिभलमा नेपाली फिल्मले पुरस्कार जित्नु नेपाली चलचित्र इतिहासकै महत्वपूर्ण उपलब्धिमध्ये एक मानिएको छ।
फिल्मको कथा, निर्देशन, सिनेमाटोग्राफी तथा प्रस्तुतीकरणलाई अन्तर्राष्ट्रिय निर्णायकहरूले उच्च मूल्यांकन गरेका थिए। विशेषगरी नेपाली समाज, भावना र यथार्थलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको भन्दै फिल्मले विश्व दर्शकको ध्यान आकर्षित गरेको बताइएको छ।
फिल्मकर्मी, कलाकार तथा सांस्कृतिक क्षेत्रका व्यक्तिहरूले यस सफलतालाई नेपाली सिर्जनशीलताको अन्तर्राष्ट्रिय पहिचानका रूपमा लिएका छन्। सामाजिक सञ्जालमा पनि निर्देशक अविनाशविक्रम शाह र सम्पूर्ण टिमलाई बधाई दिनेहरूको ओइरो लागेको छ।
यस उपलब्धिले अब नेपाली फिल्महरू विश्व बजारमा अझ बलियो रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ। नेपाली चलचित्र उद्योगका लागि यो केवल पुरस्कार मात्र नभई अन्तर्राष्ट्रिय विश्वास र सम्मानको प्रतीक बनेको टिप्पणी भइरहेको छ।






