Advertisement
Advertisement
Advertisement

कृषि रियालिटी शो ‘र’ को ट्रेलर सार्वजनिक, राजेश हमाल बने महाहोस्ट

काठमाडौं । कृषि गेम रियालिटी शो ’र’ (रिभोलुस्नरी एग्रीकल्चर वार) को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेता राजेश हमाल ‘महाहोस्ट’ रहेको यो शोको मुख्य उद्देश्य कृषि, उद्यमशीलता र जलवायु परिवर्तन छ ।

Advertisement

कार्यक्रमले दर्शकलाई कृषि कर्मको महत्व, चुनौती र सम्भावनाबारे जानकारी दिँदै मनोरञ्जन प्रदान गर्नेछ ।

शोका परिकल्पनाकार तथा निर्देशक शैलेश कँडेल क्षेत्रीका अनुसार अर्थतन्त्रमा टेवा पुर्‍याउने, कृषि क्षेत्रको समयानुकूल विकास गर्न, कृषकलाई प्रोत्साहन मिल्ने र युवालाई कृषि पेशातर्फ आकर्षित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

कृषिकर्मीलाई सशक्त बनाउँदै कृषि कर्मलाई सम्मानित पेशाको रुपमा प्रस्तुत गर्नु कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।

दशैं र तिहारको बीचदेखि हिमालय टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलबाट ’शो’ प्रसारण हुने आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement