Advertisement
Advertisement
Advertisement

आउँदो माघमा नेपाल चिकित्सक संघको निर्वाचन हुने

संघको नयाँ केन्द्रीय कार्यकारिणी समितिका लागि निर्वाचन माघको पहिलो हप्ता काठमाडौं उपत्यका बाहिर र दोस्रो साता काठमाडौं उपत्यकामा हुने निर्णय भएको छ।

संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सक संघको विधान अनुसार केन्द्रीय कार्यकारिणी समितिका १९ जना र परिषद सदस्य ६० जनाका लागि निर्वाचन कार्यतालिका अनुसारको सूचना सार्वजनिक गर्ने निर्णय भएको जानकारी गराउनुभयो ।

निर्वाचन सम्बन्धी सूचना अनुसार संघको निर्वाचन कार्यक्रममा सहभागी हुन चाहने चिकित्सकले मंसिर १३ गते शनिबार बेलुका ५ बजेसम्म सदस्य बनिसक्नुपर्ने छ। 

Advertisement

मतदाताको अन्तिम नामावली मंसिर २४ गते भित्र केन्द्रीय कार्यकारिणी समितिले निर्वाचन समितिलाई उपलब्ध गराउने छ।

निर्वाचनका कार्यक्रमको जानकारीहरु निर्वाचन समितिले पछि प्रकाशनमा ल्याउने बताइएको छ।

डा प्रणय शाक्य संयोजकत्वमा निर्वाचन समिति गठन भइसकेको छ।
हेरौँ सूचनाः 

nma_notice1.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement