रियल खबर अनलाईन ४ फागुन, काठमाडौँ। चितवन निर्वाचन क्षेत्र नं. ३ मा चुनावी माहौल दिनप्रतिदिन तातिँदै गएको छ। यसैबीच नेकपाकी उम्मेदवार रेणु दाहाल ले आफ्नो चुनावी अभियानलाई थप सशक्त र प्रभावकारी बनाएकी छन्। घरदैलो कार्यक्रम, कोणसभा तथा मतदाता भेटघाटलाई तीव्रता दिँदै उनी चुनावी मैदानमा सक्रिय रूपमा उत्रिएकी हुन्।
चितवन–३ अन्तर्गत भरतपुर महानगर तथा आसपासका क्षेत्रमा दाहालले विकास, पूर्वाधार विस्तार, महिला सशक्तीकरण र युवा रोजगारीलाई प्राथमिकतामा राखेर मतदाता समक्ष आफ्ना एजेन्डा प्रस्तुत गरिरहेकी छन्। स्थानीय तहमा गरेका पूर्वाधार विकास, सडक विस्तार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका प्रगतिलाई उपलब्धिका रूपमा प्रस्तुत गर्दै उनले निरन्तरताका लागि मतदातासँग अपिल गरेकी छन्।
उनले आयोजित सभाहरूमा समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। युवा र महिलाको सहभागिता उल्लेखनीय देखिँदा चुनावी प्रतिस्पर्धा झन् रोचक बन्दै गएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ। विपक्षी दलहरूले समेत आफ्नो रणनीति आक्रामक बनाइरहेका कारण चितवन–३ को चुनावी प्रतिस्पर्धा केन्द्रबिन्दुमा परेको छ।
राजनीतिक वृत्तमा चासोका साथ हेरिएको यस क्षेत्रमा आगामी दिनमा चुनावी गतिविधि अझ तीव्र हुने अनुमान गरिएको छ। मतदाताको उत्साह र उम्मेदवारहरूको सक्रियताले चितवन–३ लाई राष्ट्रिय राजनीतिक चर्चाको केन्द्रमा पुर्याएको छ।






