रियल खबर अनलाइन – २४ मंसिर, काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले रास्ट्रपति ले तोकेको निर्धारित समयमै चुनाव सम्पन्न गरेर गैरदलीय सरकार विदा हुनुपर्ने बताएका छन् ।
हाल भयको राजनीतिक दलको नेतृत्वमा अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिक दललाई लामो समय बाहिरराखेर मुलुकमा स्थिरता ल्याउन नसकिने बताए छन्। सिन्धुली उद्योग वाणिज्य संघको ३५ औं साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले उक्त धारणा बेक्त गरेका हुन्। , ‘मुलुकको संघीय सरकार लामो समयसम्म जनप्रतिनिधिविहीन हुनु हुँदैन। समयमै निर्वाचन गराएर गैरदलीय सरकार बाहिरिनु पर्छ ।’






