रियल खबर अनलाईन असार २२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ विधानमार्फत पार्टी अनुशासनलाई थप कडाइ गर्दै महत्वपूर्ण व्यवस्था गरेको छ। नयाँ विधानअनुसार सभापतिको निर्देशन पालना नगर्ने संसदीय दलका नेताको पद स्वतः रिक्त हुने प्रावधान समावेश गरिएको छ।
पार्टीभित्र एकीकृत नेतृत्व, अनुशासन र निर्णय कार्यान्वयनलाई प्रभावकारी बनाउन ल्याइएको यो व्यवस्थालाई रास्वपाको संगठनात्मक संरचनामा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। यो प्रावधानसँगै पार्टी नेतृत्वको निर्देशनलाई अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने व्यवस्था स्पष्ट गरिएको छ।






