मधेशमा दशै तिहारलाई लक्षित गरी साढे ६ हजार बढी प्रहरी परिचालन गरिने, यस्तो छ योजना

जनकपुरधाम, असोज १० गते । प्रहरीले दसैँ, तिहार र छठलाई सुरक्षित र भयरहित बनाउन विशेष सुरक्षा योजना लागू गरेको छ। जनकपुरस्थित मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले आठै जिल्लाका लागि सुरक्षा रणनीति तयार पारेर असोज ६ गतेदेखि छठ पर्वसम्म लागू गर्ने निर्णय गरेको हो। कार्यालयका अनुसार, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी…

Read More

त्रिवि सभा सदस्य मनोनयन प्रक्रियामा स्ववियुकाे आपत्ति

सिमित क्याम्पसहरूबाट मात्रै मनोनीत गरिँदै आएको भन्दै त्रिचन्द्र स्ववियुले आपत्ति जनाएको हो । स्ववियु अध्यक्ष गोविन्द कोइरालाले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सभा सदस्य पारदर्शी तरिकाबाट नियुक्त गर्न माग गरेका छन् ।  त्रिविको नीति नियम तर्जुमा गर्ने सर्वोच्च निकाय ‘विश्वविद्यालय सभा’ मा स्ववियुको तर्फबाट दुई जना अध्यक्षहरू सदस्य…

Read More

नेपाली फिल्म ‘होम बिफोर नाइट’को पटकथा लेखनमा ‘स्क्रिन अष्ट्रेलिया’को अनुदान

फिल्मको कथासार यस्तो छ- आप्रवासीको रुपमा अस्ट्रेलियामा पुगेकी मुख्य पात्र चन्दाले ओराना पात्रमार्फत स्मृति प्राप्त गर्छिन् । उनी अलग भएका नेपाली बुबालाई खोज्न नेपालको यात्रामा जान्छिन् । समय र दूरीमा उनीहरूको जीवन एकअर्कासँग गाँसिन थाल्दा, चन्दाले ओरानाको सम्झनामार्फत आफ्नो विगतको सामना गर्न बाध्य हुन्छिन् । ‘स्क्रिन अस्ट्रेलिया’ले पहिलोपटक नेपाली फिल्मको निर्माणमा अनुदान दिन लागेको हो…

Read More

जेनजी आन्दोलन : अदालतलाई प्राथमिकतामा दिएर पुनर्निर्माण

जेनजी युवा आन्दोलनका क्रममा अदालत, मन्त्री निवास, संसद भवनसहित ४३५ सरकारी संरचनामा क्षति पुगेको छ। शहरी विकास तथा भवन निर्माण विभागको अध्ययन अनुसार २४ वटा भवन तत्काल प्रयोग गर्न नमिल्ने अवस्थामा छन्। सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गरी अदालतलाई पहिलो प्राथमिकता दिँदै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु गर्ने योजना बनाएको छ। प्रारम्भिक अनुमान अनुसार निजी र सरकारी क्षति एक खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

Read More

नवीन न्यौपाने महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

९ असोज, काठमाडौं । नवीन न्यौपाने महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनको कार्यकाल सन् २०२६ को साफ महिला च्याम्पियनसिपसम्म रहने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाका महासचिव किरण राईले बिहीबार एन्फा कम्प्लेक्समा उनलाई नियुक्तिपत्र हस्तान्तरण गरे । त्यसैगरी भगवती खत्री र राजकुमार केसी सहायक प्रशिक्षक नियुक्त भएका…

Read More

लन्डन बस्ने अन्जुले पार गरिन् विश्वका ७ प्रमुख म्याराथन

एभरेष्ट म्याराथन र अन्नपूर्ण म्याराथन सफलतापूर्वक पूरा गरेकी अन्जुले १०० किमी अल्ट्रा र युरोपकै कठिन मानिने वेल्सको स्नोडोनिया अल्ट्रा म्याराथन पनि पूरा गरेकी छिन्। व्यस्त जीवनचर्या बाबजुद उनले दौडका लागि प्रशिक्षण गर्दै सामाजिक च्यारिटीमा समेत सक्रिय छिन्, जसअन्तर्गत वादी समुदायका बालबालिकाको सहयोगार्थ पाँच लाख रुपैयाँ उठाएर हस्तान्तरण गरेकी थिइन्। बेलायतको एनएचएसमा काम गर्दै परोपकार र सामाजिक जागरण अभियानमा संलग्न अन्जु नेपाली मूलकी प्रथम महिला बन्न सफल भएकी छन्।

Read More