Advertisement
Advertisement
Advertisement

नवीन न्यौपाने महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

९ असोज, काठमाडौं । नवीन न्यौपाने महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनको कार्यकाल सन् २०२६ को साफ महिला च्याम्पियनसिपसम्म रहने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फाका महासचिव किरण राईले बिहीबार एन्फा कम्प्लेक्समा उनलाई नियुक्तिपत्र हस्तान्तरण गरे ।

त्यसैगरी भगवती खत्री र राजकुमार केसी सहायक प्रशिक्षक नियुक्त भएका छन् । टोली व्यवस्थापक बिन्द्रा देवान, फिजियोथेरापिस्ट शिला गिरी र किट व्यवस्थापक बिकाश गुरुङ भने आ–आफ्नो जिम्मेवारीमा निरन्तर रहनेछन् ।

Advertisement

यसअघि एएफसी एसियन कप छनोटका दौरान नयाँ प्रशिक्षक नियुक्त भएका प्याट्रिक डे वाइल्डले प्रतियोगितालगत्तै प्रशिक्षकको जिम्मेवारी छाडेपछि महिला फुटबल टोली प्रशिक्षकबिहीन थियो ।

नवीन न्याैपानेले भर्खरै भएको एएफसी यू-२३ एसियन कप छनोटमा नेपाली यू-२३ टिमको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए ।

नेपाली महिला टोलीले आगामी महिना सिक्किम गएर भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement