
एभरेष्ट म्याराथन र अन्नपूर्ण म्याराथन समेत सफलतापूर्वक पूरा गरेकी अन्जुले ब्रिटिश गोर्खा वेलफेयर ट्रष्टको आयोजनामा भएको १०० किमी अल्ट्रा र युरोपकै कठिन मानिने वेल्सको स्नोडोनिया अल्ट्रा म्याराथन पनि पूरा गरेको बताइन् ।
दुईवर्ष अघि एभरेष्ट म्याराथन पूरा गर्ने क्रममा उनले वादी समुदायका बालबालिकाको सहयोगार्थ ५ लाख रुपैयाँ च्यारिटी उठाएर हस्तान्तरण गर्न सफल भएकी थिइन् । उक्त च्यारिटीमा दान गरेर सहयोग गर्ने सबै सहयोगी र दाताप्रति उनले पुन: धन्यवाद समेत दिएकी छन् ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम, घर परिवारको दैनिक रेखदेख र परम्परागत रुपमा महिलाले निर्वाह गर्दै आएका जिम्मेवारीका कारण निकै व्यस्त जीवनचर्या बाबजुद आफूलाई प्राप्त हुन आएको फूर्सदिलो समय सदुपयोग गर्दै उनले दौडका लागि प्रशिक्षण गर्ने गरेको बताइन् ।
लायन्स क्लब अफ नारायणगढ, नेपाल रन यूके र नेपलिज ब्रिटिश कम्युनिटी यूके जस्ता च्यारिटीमूलक संस्थाहरुमा आवद्ध रहेर परोपकार र सामाजिक जागरण अभियानहरुमा समेत उनी संलग्न छिन् ।
नेपालीमूलकी प्रथम महिला बन्न पुगेकी छ |






