🔴 उच्च अदालतको आदेशले अब न्यायिक प्रक्रिया स्वतन्त्र रूपमा अघि बढ्ने संकेत गरेको कानुनविद्हरूको भनाइ छ।
रियल खबर अनलाइन | ४ पुष काठमाडौं —उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ। प्राप्त जानकारीअनुसार, अदालतले सम्भावित बिगो बराबरको रकम स्वीकार गर्ने आधारमा थुनामुक्त गर्न आदेश दिएको हो।
न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेल सम्मिलित इजलासले यसअघि जिल्ला अदालत रुपन्देहीले २६ साउन २०८२ मा जमानत अस्वीकार गर्दै दिएको आदेशलाई बदर गरेको छ।
अदालतको आदेशमा अनुसन्धान प्रक्रियामा अवरोध नपर्ने, अभियुक्त उपस्थित हुने सुनिश्चितता र कानुनी मापदण्ड पूरा हुने देखिएकाले थुनामा राखिरहनुपर्ने पर्याप्त आधार नदेखिएको उल्लेख गरिएको छ।
यस निर्णयसँगै रवि लामिछानेको मुद्दाले नयाँ मोड लिएको छ भने राजनीतिक तथा कानुनी वृत्तमा व्यापक चासो र बहस सुरु भएको छ।






