Advertisement
Advertisement
Advertisement

पैसाको बलमा राजनीति ? सभासदको गुणस्तरमाथि

रियल खबर अनलाइन | ३ चैत्र, काठमाडौं – देशको कानुन बनाउने सर्वोच्च थलो — संघीय संसद — अहिले गम्भीर बहसको केन्द्रमा पुगेको छ। जनताबाट निर्वाचित भएर देशको नीति निर्माणमा भूमिका खेल्नुपर्ने सभासदहरूको योग्यतामाथि प्रश्न उठ्न थालेको छ।

आजको अवस्थाले देखाउँछ — केही सभासदहरू अनुभव, ज्ञान र सामाजिक योगदान भन्दा पनि पैसाको बलमा अघि बढेको आरोप सामना गरिरहेका छन्। समाजसेवामा कुनै उल्लेखनीय योगदान नगरेका, अरुले गरेको काममा फोटो खिचेर आफ्नै उपलब्धि भन्दै प्रचार गर्ने प्रवृत्ति बढ्दो छ।

अझ चिन्ताजनक कुरा त के भने, केही सेलेब्रिटी अनुहारहरू समेत लोकप्रियताको भरमा संघीय संसदमा प्रवेश गर्ने तयारीमा रहेको चर्चा तीव्र बन्दै गएको छ। यसले राजनीति सेवा भन्दा पनि प्रचार र प्रभावको खेल बन्दै गएको संकेत दिन्छ।

Advertisement

🔎 प्रश्न उठ्छ:

  • के अब नेतृत्वको मापदण्ड पैसा र चर्चामा सीमित हुँदैछ ?
  • के अनुभव र योग्यताको मूल्य घट्दै गएको हो ?
  • देशको भविष्य कसको हातमा सुरक्षित छ ?

जनताको विश्वास बोकेको संसदमा यस्ता गतिविधिहरूले लोकतन्त्रप्रति नै प्रश्न खडा गरेको छ। अब समय आएको छ — योग्यता, अनुभव र सच्चा सेवाभावलाई प्राथमिकता दिने।

जनताले अब सोच्नैपर्छ — हामी कस्ता प्रतिनिधि चाहन्छौं ? हेर्दै गर्नु होलारियल खबर अनलाइन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement