काठमाडौं, बैशाख २३ — पूर्वप्रधानमन्त्री तथा शेरबहादुर देउवा र उनकी पत्नी, पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवा विरुद्ध ‘रेड नोटिस’ जारी गर्ने प्रक्रियामा इन्टरपोल ले काम अघि बढाएको समाचार सार्वजनिक भएको छ।
रियल खबर अनलाइनका अनुसार, इन्टरपोलले उक्त प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग थप कागजात माग गरेको छ। रेड नोटिस जारी गर्न आवश्यक प्रमाण र कानुनी आधारहरू सुनिश्चित गर्न थप विवरण संकलन भइरहेको जनाइएको छ।
रेड नोटिस इन्टरपोलद्वारा सदस्य राष्ट्रहरूबीच सहयोगका लागि जारी गरिने एक अन्तर्राष्ट्रिय सूचनापत्र हो, जसमार्फत सम्बन्धित व्यक्तिलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याउन सहजीकरण गरिन्छ।
यद्यपि, यस विषयमा सम्बन्धित निकायबाट औपचारिक पुष्टि र विस्तृत जानकारी आउन बाँकी रहेको छ। राजनीतिक वृत्तमा यस घटनाले व्यापक चर्चा र चासो उत्पन्न गरेको छ।






