Advertisement
Advertisement
Advertisement

विराटनगरकी प्रतिभाशाली यलिजा तिमल्सिना ‘मिस ग्राण्ड नेपाल २०२६’ को प्रतिस्पर्धामा…

रियल खबर अनलाइन | काठमाडौं ,मोरङ जिल्लाको विराटनगरमा जन्मिएकी यलिजा तिमल्सिना अहिले ९औँ मिस ग्राण्ड नेपाल २०२६ को प्रतिस्पर्धामा आफ्नो प्रतिभा, आत्मविश्वास र दृढ संकल्पका साथ सहभागी भएकी छन्। सौन्दर्य, व्यक्तित्व र मेहनतका माध्यमबाट उनी प्रतियोगितामा एक सशक्त प्रतिस्पर्धीका रूपमा अघि बढिरहेकी छन्।

बाल्यकालदेखि नै मोडलिङप्रति विशेष रुचि राख्ने अलिजाको लक्ष्य भविष्यमा सफल अन्तर्राष्ट्रिय मोडल बन्ने रहेको छ। उनी आफ्नो प्रतिभा, लगन र आत्मविश्वासका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान अझ उजागर गर्न चाहन्छिन्।

अलिजाका अनुसार मिस ग्राण्ड नेपाल २०२६ केवल एउटा सौन्दर्य प्रतियोगिता मात्र नभई नेतृत्व, व्यक्तित्व विकास, आत्मविश्वास र राष्ट्रको पहिचानलाई विश्वसामु प्रस्तुत गर्ने उत्कृष्ट मञ्च हो। उनी यो प्रतिष्ठित ताज जितेर नेपाललाई संसारभर चिनाउने, देशको पर्यटन, संस्कृति तथा नेपाली महिलाको क्षमता अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रिएकी छन्।

Advertisement

यस अवसरमा अलिजा तिमल्सिनाले सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनी, साथीभाइ तथा शुभेच्छुकहरूसँग आफूलाई भोट गरी विजयी बनाउन हार्दिक अपिल गरेकी छन्।

“मिस ग्राण्ड नेपाल २०२६ को ताज जितेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाउनु, विश्वभर नेपालको पर्यटन, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्नु मेरो जीवनको ठूलो सपना हो। मेरो यो यात्रालाई सफल बनाउन यहाँहरूको अमूल्य भोट, माया र साथको अपेक्षा गर्दछु।”यलिजा तिमल्सिना

🌟 तपाईंको एउटा भोटले यलिजा तिमल्सिनाको सपना साकार बनाउन र विश्वमञ्चमा नेपालको गौरव अझ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। 🇳🇵👑

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement