काभा महिला भलिबल च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स भिड्दै
१० जेठ, काठमाडौं ।काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपाल र माल्दिभ्सबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ
घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल आजको खेलमा जित निकाल्दै समूह चरण मजबुत रूपमा समाप्त गर्ने योजनामा रहेको छ। नेपाली टोलीले अघिल्ला खेलहरूमा देखाएको आत्मविश्वास, आक्रामक खेल शैली तथा समर्थकको उत्साहले आजको खेललाई थप रोमाञ्चक बनाएको छ।
काठमाडौंको कभर्ड हलमा हुने खेल हेर्न दर्शकहरूको ठूलो उपस्थिति रहने अपेक्षा गरिएको छ। नेपाली टोलीकी खेलाडीहरूको उत्कृष्ट समन्वय, स्पाइक र डिफेन्स अहिले प्रतियोगिताको मुख्य आकर्षण बनेको छ।
यता माल्दिभ्स पनि नेपालविरुद्ध उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ। दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण मानिएको छ।
भलिबलप्रेमी नेपाली समर्थकहरू अहिले सामाजिक सञ्जालमार्फत “गो नेपाल गो” अभियान चलाउँदै टोलीलाई उत्साह दिइरहेका छन्। घरेलु मैदानको फाइदा उठाउँदै नेपालले शानदार जीत निकाल्ने आशा खेलप्रेमीहरूले गरेका छन्।






