Advertisement
Advertisement
Advertisement

ग्यास अभावबारे सरकारको सक्रियता : उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा ग्यास उद्योगको अनुगमन

रियल खबर अनलाइन | साउन १२, काठमाडौंउपभोक्ताले बजारमा खाना पकाउने ग्यासको चरम अभाव र आपूर्तिमा समस्या भएको गुनासो गरेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव स्वयं स्थलगत अनुगमनमा निस्किएकी छन्।

मन्त्री यादवले मंगलबार काभ्रेपलाञ्चोकको नालास्थित सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योग निरीक्षण गर्दै ग्यास उत्पादन, भण्डारण तथा वितरणको अवस्थाबारे जानकारी लिएकी हुन्।

मन्त्रीको सचिवालयका अनुसार उपभोक्ताबाट लगातार ग्यास अभावको गुनासो आएपछि वास्तविक अवस्था बुझ्न र आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन स्थलगत अनुगमन गरिएको हो।

Advertisement

निरीक्षणका क्रममा मन्त्री यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन, कृत्रिम अभाव सिर्जना नगर्न र वितरण प्रणालीलाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्बन्धित उद्योगलाई निर्देशन दिएकी छन्।

सरकारले बजारमा ग्यास आपूर्ति सहज बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ भने उपभोक्ताको हकहित संरक्षणलाई प्राथमिकतामा राखेर नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement