Advertisement
Advertisement
Advertisement

कांग्रेसद्वारा केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा बिमल भट्ट मनोनयन

रियल खबर अनलाईन ४ ,फागुन काठमाडौँ। नेपाली कांग्रेसले गोरखा भीमसेन थापा गाउँपालिका–४ निवासी बिमल भट्टलाई केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ। पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुर बाट माघ २९ गते जारी गरिएको नियुक्ति पत्रमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।

लामो समयदेखि पार्टी संगठन तथा सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका भट्टलाई पार्टीको प्रचार–प्रसार कार्यलाई थप प्रभावकारी, समन्वयात्मक र व्यवस्थित ढंगले अगाडि बढाउने जिम्मेवारीसहित समितिको सदस्यमा मनोनयन गरिएको पत्रमा उल्लेख छ। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन तथा संगठन सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षा पार्टीले व्यक्त गरेको छ।

पार्टीले भट्टको अनुभव, सक्रियता र सञ्चार क्षेत्रसँगको समन्वयले चुनावी प्रचार–प्रसार अभियानलाई परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको जनाएको छ। नियुक्ति पत्रमा पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे को हस्ताक्षर रहेको छ।

Advertisement

यस मनोनयनलाई पार्टीको संगठन विस्तार र आगामी निर्वाचन रणनीतिलाई मजबुत बनाउने कदमका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement