नेपालको क्रिकेट इतिहासमा अर्को गौरवपूर्ण उपलब्धि
रियल खबर अनलाईन २० जेठ, काठमाडौं | नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले आगामी एसियन गेम्सका लागि स्थान सुरक्षित गर्दै देशलाई अर्को ठूलो अन्तर्राष्ट्रिय सफलताको अनुभूति गराएको छ। उत्कृष्ट प्रदर्शन र निरन्तर प्रगतिसँगै नेपालले एशियाली खेलकुदको प्रतिष्ठित मञ्चमा आफ्नो उपस्थिति सुनिश्चित गरेको हो।
नेपाली क्रिकेटको बढ्दो प्रभाव, खेलाडीहरूको अथक मेहनत र समर्थकहरूको विश्वासका कारण नेपाल आज एशियाका उदीयमान क्रिकेट राष्ट्रहरूमध्ये एकको रूपमा स्थापित हुँदै गएको छ।
एसियन गेम्समा नेपालको सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको पहिचान अझ मजबुत बनाउने विश्वास गरिएको छ। अब समर्थकहरूको नजर पदक जित्ने लक्ष्यतर्फ केन्द्रित भएको छ।
क्रिकेट प्रेमीहरू उत्साहित छन् भने खेलाडीहरू देशको झण्डा उचाल्न थप मेहनतका साथ तयारीमा जुटेका छन्।
बधाई छ नेपाली पुरुष क्रिकेट टोलीलाई! एसियन गेम्समा नेपालको गौरवमय यात्रा सफल रहोस्।






