Advertisement
Advertisement
Advertisement

“ईश्वरले बोलाएर भेला भन्छन्, मुद्दा मर्न दिँदैनौँ, समर्पण मञ्जुर छैन”

एमालेभित्रको यो गतिविधिलाई आन्तरिक शक्ति संघर्ष र भावी राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ।

रियल खबर अनलाइन | ६ पुष, काठमाडौं – नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएका नेता ईश्वर पोखरेलले शनिबार दिउँसो आफ्ना पक्षीय नेता तथा कार्यकर्ताहरूलाई एक ठाउँमा भेला गराएका छन्। उक्त भेलामा विशेषगरी पछिल्लो महाधिवेशनमा आफ्नो प्यानलबाट उम्मेदवार बनेका नेताहरूको उपस्थिति रहेको थियो।

भेलामा पोखरेलले पार्टीभित्र पछिल्लो समय नेतृत्वबाट आएका केही अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलेका केही भनाइलाई संकेत गर्दै पोखरेलले भने,
“म नभए पार्टी हुँदैन भन्ने कुरा के हो ? यस्तो सोच स्वीकार्य छैन।”

उनले थपे, “ईश्वरले बोलाएर भेला भएको होइन, मुद्दा मर्न दिँदैनौँ, समर्पण मञ्जुर छैन,” भन्दै पार्टीभित्र विचार र मुद्दाको लडाइँ निरन्तर रहने संकेत दिएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement