Advertisement
Advertisement
Advertisement

नेपाल-भारत सम्बन्धमै कुलमानको खेलबाड भन्दै कुलमानको चौतर्फी आलोचन….

रियल खबर अनलाइन | २३ पुस, काठमाडौँ -ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूलाई जोगाउने नाममा नेपाल–भारत जस्तो संवेदनशील कूटनीतिक सम्बन्धमाथि गम्भीर खेलबाड गरेको आरोप लाग्दै चौतर्फी आलोचना सुरु भएको छ।

प्राप्त विवरणअनुसार, भारतको पीटीसी इन्डियाले सस्तो दरमा विद्युत् आपूर्ति गर्न तयार हुँदाहुँदै पनि महँगो दरमा बिजुली खरिद गर्ने सम्झौता गरी करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको दाबी गरिएको छ।

यस विषयमा हुन सक्ने सम्भावित छानबिनबाट बच्नका लागि मन्त्री घिसिङले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति प्रयोग गरी विवादित सम्झौता नै खारेज गराएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएका छन्।

Advertisement

ऊर्जा क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र राष्ट्रिय हितको सवालमा गम्भीर प्रश्न उठिरहेका बेला, यस घटनाले नेपाल–भारत ऊर्जा सहकार्य र कूटनीतिक सम्बन्धमै नकारात्मक असर पार्न सक्ने विश्लेषकहरूको चेतावनी छ।

यस प्रकरणबारे सरकार तथा सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी रहँदा, स्वतन्त्र र निष्पक्ष छानबिनको माग दिनप्रतिदिन बलियो बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement