रियल खबर अनलाइन, ८ वैशाख, काठमाडौं।सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको थुनुवा कक्षमा झुन्डिएको अवस्थामा फेला परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण बिक थुनुवा कक्षभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






