Advertisement
Advertisement
Advertisement

‘राम नाम सत्य’को धमाकेदार कमाइ, बक्सअफिसमा ३ करोड नाघ्यो

रियल खबर अनलाइन, ९ वैशाख, काठमाडौं। नेपाली फिल्म ‘राम नाम सत्य’ ले प्रदर्शनसँगै बक्सअफिसमा उल्लेखनीय कमाइ गर्दै सफलता हात पारेको छ। २७ चैतदेखि प्रदर्शनमा आएको यस फिल्मले सोमबारसम्म करिब ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जानकारी वितरक गोविन्द शाहीले  दिएका छन्।

यसअघि शनिबारसम्म विकास बोर्डको आँकडामाको तथ्यांकअनुसार फिल्मको कमाइ करिब २ करोड ७८ लाख रुपैयाँ पुगेको थियो। तर केही हलहरूको आम्दानी बोर्डको तथ्यांकमा समावेश नहुने भएकाले वास्तविक व्यापार अझ माथि पुगेको वितरक पक्षको दाबी छ।

फिल्मप्रति दर्शकको आकर्षण बढ्दै जाँदा आगामी दिनमा यसको कमाइ अझ बढ्ने अनुमान गरिएको छ। प्रदर्शनको सुरुवाती चरणमै उत्साहजनक व्यापार गर्नुले नेपाली फिल्म उद्योगका लागि सकारात्मक संकेत दिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement