रियल खबर अन लाईन बैशाख २२ काठमाडौँ। संघीय संसदमा आज ठूलो प्रशासनिक हलचल देखिएको छ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभाका सचिव हर्कराज राई लाई हटाउने प्रक्रिया अघि बढाएका छन्।
सभामुख अर्यालले दुई मुख्य कारण देखाउँदै सचिव राईसँग औपचारिक रूपमा स्पष्टीकरण माग गरेका थिए। स्रोतका अनुसार, सचिव राईले आफ्नो स्पष्टीकरण पेश गरिसकेका छन्।
⚖️ यस घटनाले संसदभित्र प्रशासनिक तथा राजनीतिक तरंग उत्पन्न गरेको छ। सचिव हटाउने सम्भावित कदमले अब संसदको आन्तरिक व्यवस्थापन र निर्णय प्रक्रियामा नयाँ बहस जन्माउने देखिएको छ।
🔥 के सचिव राई पदमै रहने कि पदमुक्त हुने? अबको निर्णयले संसदमा नयाँ मोड ल्याउने निश्चित छ!






