Advertisement
Advertisement
Advertisement

कांग्रेस एकताका लागि शेखर कोइरालाका ५ प्रस्ताव

पार्टीभित्र बढ्दो विवाद समाधान गर्न सहमतिमार्फत अघि बढ्ने प्रयास

रियल खबर अनलाईन १२ जेठ, काठमाडौं। कांग्रेस भित्र आन्तरिक विवाद चर्किरहेका बेला कांग्रेस नेता शेखर कोइरालालेले पार्टी एकता र विवाद समाधानका लागि ५ बुँदे प्रस्ताव अघि सारेका छन्।

पछिल्लो समय १५औं महाधिवेशन, क्रियाशील सदस्यता अद्यावधिक, संगठन विस्तार तथा नेतृत्व व्यवस्थापनलाई लिएर कांग्रेसभित्र तीव्र मतभेद देखिँदै आएको छ। यही अवस्थालाई मध्यनजर गर्दै कोइरालाले सहमति, संवाद र एकताको आधारमा पार्टीलाई अगाडि बढाउनुपर्ने धारणा राखेका हुन्।

उनले पार्टीलाई आन्तरिक रूपमा बलियो बनाउन सबै पक्षबीच खुला छलफल आवश्यक रहेको बताएका छन्। साथै महाधिवेशन प्रक्रिया पारदर्शी, निष्पक्ष र सहमतिमूलक बनाउनुपर्नेमा पनि जोड दिएका छन्।

Advertisement

राजनीतिक विश्लेषकहरूका अनुसार शेखर कोइरालाको प्रस्तावले कांग्रेसभित्र नयाँ राजनीतिक बहस सुरु गरेको छ। कतिपय नेताहरूले यसलाई पार्टी एकताका लागि सकारात्मक कदम मानेका छन् भने केहीले नेतृत्व संघर्षको संकेतका रूपमा पनि हेरेका छन्।

यता कांग्रेस कार्यकर्ताहरूले भने लामो समयदेखि देखिएको आन्तरिक विवाद अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाउन नेतृत्व गम्भीर बन्नुपर्ने माग गरिरहेका छन्। अब कोइरालाको प्रस्तावमाथि पार्टी नेतृत्वले कस्तो निर्णय लिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement