Advertisement
Advertisement
Advertisement

नेपालको विकासमा भारतको प्रतिबद्धता दोहोर्‍याए मोदी

रवि लामिछानेसँगको भेटमा विकास, समृद्धि र सहकार्यमा जोड..

रियल खबर अनलाइन, जेष्ठ २१, नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास, आर्थिक प्रगति र समृद्धिका प्राथमिकतामा सहयोग गर्न भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका रवि लामिछाने सँग बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउँदै विकास साझेदारीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

भेटका क्रममा मोदीले भारत सधैं नेपालको साथमा रहेको उल्लेख गर्दै नेपालको विकास यात्रामा सहयात्री बन्न भारत इच्छुक रहेको बताए। उनले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउँदै आर्थिक सहकार्य, पूर्वाधार विकास र क्षेत्रीय समृद्धिका विषयमा मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

रास्वपा सभापति लामिछानेले पनि नेपाल–भारत सम्बन्धलाई आपसी सम्मान, विश्वास र सहकार्यका आधारमा थप उचाइमा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याएका थिए। भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक साझेदारी, लगानी, पर्यटन तथा क्षेत्रीय विकासका विविध विषयमा छलफल भएको बताइएको छ।

Advertisement

यस भेटलाई नेपाल–भारत सम्बन्धको निरन्तरतासँगै आगामी दिनमा विकास र समृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने सकारात्मक संकेतका रूपमा हेरिएको छ। राजनीतिक वृत्तमा समेत यस भेटले दुई देशबीचको मित्रवत् सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement