रियल खबर अनलाईन असार ४ काठमाडौँ। संसद्मा प्रधानमन्त्रीले दिनुपर्ने विषयमा अर्थमन्त्रीले जवाफ दिन लागेपछि प्रतिनिधिसभामा तीव्र विवाद उत्पन्न भएको छ।
नेकपा एमालेका सांसद गुरुप्रसाद बराल ले प्रश्न उठाउँदै “प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कसरी दिन मिल्छ ?” भन्दै नियमापत्ति गरेका हुन्।
सांसद बरालले प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने संवैधानिक र संसदीय परम्परा रहेको जिकिर गरे। उनले अर्थमन्त्रीमार्फत जवाफ दिन खोजिनु संसदीय मर्यादाविपरीत भएको आरोप लगाए।
यस विषयमा संसद्भित्र केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। सभामुखले सांसदहरूको धारणा सुनेपछि प्रक्रियागत विषयमा छलफल अघि बढाइएको बताइएको छ।
🏛️ संसद्मा उठेको मुख्य प्रश्न
- प्रधानमन्त्रीको विषयमा अर्थमन्त्रीले जवाफ दिन मिल्छ ?
- संसदीय मर्यादा र नियमावलीले के भन्छ ?
- सरकार किन प्रधानमन्त्रीलाई अगाडि ल्याउन चाहेन ?






