Advertisement
Advertisement
Advertisement

सिन्धुपाल्चोक–२ मा युवराज दुलालको ऐतिहासिक जित..

रियल खबर अनलाईन फागुन २४, काठमाडौँ। सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका युवा नेता युवराज दुलाल विजयी भएका छन्। उनले कुल २१,५७२ मत प्राप्त गर्दै उल्लेखनीय जीत हासिल गरेका हुन्।

यस निर्वाचनमा सिन्धुपाल्चोक–२ का मतदाताले युवराज दुलालप्रति उच्च विश्वास देखाउँदै उनलाई भारी मतका साथ विजयी गराएका छन्। चुनावी अभियानका क्रममा उनले विकास, सुशासन, पारदर्शिता र युवाको सहभागितालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। यही प्रतिबद्धता र जनतासँगको नजिकको सम्बन्धका कारण उनले व्यापक समर्थन प्राप्त गरेको स्थानीय मतदाताहरूले बताएका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि उनका समर्थक तथा कार्यकर्ताहरूले सिन्धुपाल्चोकका विभिन्न स्थानमा खुशी मनाउँदै विजय उत्सव मनाएका छन्। सामाजिक सञ्जालमा पनि उनलाई बधाई दिने क्रम बढ्दो छ।

Advertisement

विजयी भएपछि दुलालले सिन्धुपाल्चोक–२ का सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै अब आफू जनताको विश्वासलाई कायम राख्दै क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा विशेष ध्यान दिने बताएका छन्।

उनको यो विजयलाई धेरैले सिन्धुपाल्चोकको राजनीतिक परिदृश्यमा नयाँ आशा र सम्भावनाको रूपमा समेत हेरेका छन्। आगामी दिनमा उनले जनताको अपेक्षा अनुसार काम गर्दै क्षेत्रलाई समृद्ध बनाउने विश्वास स्थानीय बासिन्दाहरूले व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement