Advertisement
Advertisement
Advertisement

मन्त्रीहरूको सूची बनाउँदै बालेन्द्र साह — १३ चैतमै शपथको तयारी

रियल खबर अनलाइन काठमाडौं, चैत्र १०-राजनीतिक वृत्तमा ठूलो हलचल मच्चाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनको तयारी तीव्र पारेको छ। प्राप्त जानकारी अनुसार, १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाह लाई प्रधानमन्त्रीको रूपमा शपथ गराउने तथा अन्य मन्त्रीहरूको समेत एकै समारोहमा शपथ गराउने योजना अघि बढाइएको छ।

यसैबीच, पार्टी सभापति रवि लामिछाने र शाहबीच मन्त्री बन्ने नेताहरूको सूची तयार पार्न निरन्तर छलफल भइरहेको स्रोतले जनाएको छ। आवश्यकताअनुसार अन्य शीर्ष नेताहरू तथा सम्भावित मन्त्रीहरूलाई पनि छलफलमा सहभागी गराउँदै अन्तिम टुंगो लगाउने प्रयास भइरहेको छ।

🔍 उच्चस्तरीय छलफल जारी
दुवै नेताले सरकारलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने उद्देश्यसहित सक्षम र योग्य व्यक्तिहरूलाई मन्त्रीमा चयन गर्ने रणनीति अपनाइरहेको बताइएको छ।

Advertisement

📊 राजनीतिक चासो बढ्दो
एकै समारोहमा प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ हुने तयारीले राजनीतिक वृत्तमा नयाँ उत्साह र चासो थपेको छ। यसले छिटो निर्णय गर्ने र सरकारलाई द्रुत गतिमा काममा लगाउने संकेत दिएको विश्लेषण गरिएको छ।

🕊️ अब सबैको नजर—
१३ चैतमा हुने सम्भावित शपथ समारोह र सार्वजनिक हुने मन्त्रीहरूको सूचीतर्फ केन्द्रित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement