Advertisement
Advertisement
Advertisement

रास्वपाले पहिलोपटक तय गर्दै राजनीतिक दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमार्फत औपचारिक राजनीतिक दर्शन र वैचारिक मार्गदर्शन तय गर्ने भएको छ। असार ७ देखि ९ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि पार्टीले ‘बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र’ लाई आफ्नो वैचारिक आधारका रूपमा प्रस्ताव गरेको छ।

प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको रास्वपाले अब संगठनलाई वैचारिक रूपमा सुदृढ बनाउने लक्ष्यसहित नयाँ मार्गचित्र अघि सारेको हो। महाधिवेशनले पार्टीको भावी राजनीतिक दिशा, नीति तथा सिद्धान्तलाई औपचारिक रूप दिने अपेक्षा गरिएको छ।

रास्वपाको यो कदमलाई नेपाली राजनीतिमा पार्टीको दीर्घकालीन भूमिका र स्पष्ट वैचारिक पहिचान निर्माणतर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement