Advertisement
Advertisement
Advertisement

निर्वाचनमा भाग लिन अहिलेसम्म ४० दलको निवेदन, दर्ता

  • प्रतिनिधिसभा निर्वाचनमा भाग लिन हालसम्म ४० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्,
  • प्रमुख दल कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ भने एमालेले अझै पुनःस्थापनाको माग गर्दै निवेदन दिएको छैन।
  • दल दर्ताका लागि आयोगले तोकेको समयसीमा भित्र निवेदन दिने दलहरू मात्र निर्वाचनमा सहभागी हुन पाउनेछन्।

निर्वाचन आयोग

रियल खबर अनलाईन ७ काठमाडौँ – २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन शुक्रबारसम्म ४० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचनम भाग लिन चाहने दललाई दर्ता हुन १ देखि १० मंसिरसम्म समयसीमा तोकिएको छ ।

Advertisement

विघटित प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेस र दोस्रो रहेको एमालेले भने हालसम्म निर्वाचनका लागि दल दर्ताको निवेदन दिएका छैनन् । कांग्रेसले शनिबार निर्वाचनमा भाग लिने निर्णय गरेको छ । तर, एमालेले अझै प्रतिनिधिसभा पुनःस्थापनाको माग उठाउँदै आएको छ ।

आयोगले अहिले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै निर्वाचनका लागि दल दर्ताका लागि निवेदन आह्वान गरेको हो । ११ माघमा राष्ट्रिय सभाको रिक्त हुने १९ सिटका लागि निर्वाचन हुँदै छ । राष्ट्रिय सभा निर्वाचनमा भाग लिन आठ दल दर्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement