रियल खबर अनलाइन | ३ पुष काठमाडौं — गत भदौ २३ र २४ गतेका घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङसँग आज थप बयान लिएको छ।
आयोगले घटनाक्रमका विभिन्न पाटो, सुरक्षा संयन्त्रको भूमिका तथा निर्णय प्रक्रियासम्बन्धी विषयमा विस्तृत जानकारी लिनका लागि खापुङलाई पुनः बोलाएको जनाएको छ। यसअघि दिइएको बयानमा उठेका प्रश्न र नयाँ तथ्यका आधारमा थप सोधपुछ गरिएको स्रोतको भनाइ छ।
भदौ २३ र २४ का घटनालाई लिएर सरकारी संयन्त्रको भूमिका, आदेश–निर्देशन र जिम्मेवारीको विषयमा गम्भीर बहस चलिरहेका बेला आयोगको यो कदमलाई महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
🔴 आयोगको अनुसन्धानले थप कसलाई तान्छ? निष्कर्ष कस्तो आउनेछ? चासो तीव्र बन्दै गएको छ।






