Advertisement
Advertisement
Advertisement

मधेसमा दल संख्या घटाउने नेताहरूको कसरत-मधेसमा दल संख्या घटाउने नेताहरूको कसरत

रियल खबर अनलाईन | पुष १६, काठमाडौँ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देशको राजनीति नयाँ मोडमा पुगेको छ। आन्दोलनपछिको परिस्थितिले राजनीतिक दलहरूबीच ध्रुवीकरण र पुनर्संरचनाको प्रक्रिया तीव्र बनाएको छ। यही क्रममा १७ वटा दल एकताबद्ध हुँदै ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन भएको छ भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसहित दुई दल मिलेर ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माण गरिएको छ।

यही राजनीतिक पुनर्संरचनाको प्रभाव मधेस केन्द्रित दलहरूमा पनि स्पष्ट देखिन थालेको छ। विगतमा दलहरूको अत्यधिक विभाजनका कारण कमजोर बनेको मधेसी राजनीतिक शक्ति अब एकता र कार्यगत सहकार्यतर्फ अघि बढ्न थालेको विश्लेषकहरूको भनाइ छ।

हाल जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी (रेणु यादव पक्ष), तराई मधेस लोकतान्त्रिक पार्टी र जनता प्रगतिशील पार्टी बीच एकीकरणको प्रक्रिया अघि बढिरहेको छ। यसका साथै कैलाश महतो नेतृत्वको स्वाधीन मधेस जनअभियानसँग पनि कार्यगत एकता कायम भएको छ।

Advertisement

नेताहरूका अनुसार दल संख्या घटाई मधेसको आवाजलाई एकीकृत र प्रभावकारी रूपमा राष्ट्रिय राजनीतिमा स्थापित गर्नु नै मुख्य उद्देश्य हो। मधेसका साझा मुद्दा—अधिकार, पहिचान, समावेशिता र विकास—लाई बलियो ढंगले उठाउन एकता अपरिहार्य भएको निष्कर्षमा नेताहरू पुगेका छन्।

राजनीतिक विश्लेषकहरू भन्छन्, यदि यो एकता दीगो र व्यवहारिक रूपमा कार्यान्वयन भयो भने मधेसको राजनीतिमा नयाँ शक्ति सन्तुलन सिर्जना हुन सक्नेछ। आगामी निर्वाचनलाई लक्षित गर्दै भइरहेको यो प्रयासले मधेसको राजनीतिक भविष्यमा निर्णायक भूमिका खेल्ने सम्भावना देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement