
रियल खबर अनलाईन | १८ पुस, काठमाडौं —नेपालको पहिलो राजनीतिक पार्टी नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म आयोजना गर्ने प्रस्ताव पारित भएको छ।
जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो। बैठकले महाधिवेशनको मिति टुंग्याएसँगै पार्टीभित्रको संगठनात्मक तयारी र आन्तरिक राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।
महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुनुका साथै पार्टीको आगामी राजनीतिक कार्यदिशा, नीति तथा रणनीतिबारे व्यापक छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्। यस निर्णयलाई नेपाली कांग्रेसको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई थप सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।






