Advertisement
Advertisement
Advertisement

बिदा भए कुलमान घिसिङ…

रियल खबर अनलाईन | २४ पुस, काठमाडौं — नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ पदबाट बिदा भएका छन्। लामो समयदेखि राजनीतिक, प्रशासनिक र सार्वजनिक बहसको केन्द्रमा रहँदै आएका शक्तिशाली मन्त्री घिसिङको बिदाइसँगै मुलुकको ऊर्जा क्षेत्रको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले चुनावी म्यान्डेटसहित गठन भएको नागरिक सरकारका मन्त्रीहरूलाई दलीय गतिविधिमा संलग्न भएको भन्दै राजीनामा मागेपछि, अन्ततः कुलमान घिसिङ पदबाट बाहिरिएका हुन्। पछिल्लो समय उनीमाथि नीतिगत निर्णय, अन्तर्राष्ट्रिय सम्झौता तथा दलीय संलग्नताबारे व्यापक आलोचना हुँदै आएको थियो।

ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका घिसिङको कार्यकाल विवाद र उपलब्धि दुवैका कारण चर्चामा रह्यो। उनको बिदाइपछि ऊर्जा मन्त्रालयको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा सरकारभित्र छलफल सुरु भएको स्रोतले जनाएको छ।

राजनीतिक वृत्तमा यस घटनालाई सरकारको कडा सन्देश र आगामी निर्वाचन केन्द्रित शक्ति सन्तुलनको संकेतका रूपमा हेरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement