Advertisement
Advertisement
Advertisement

आजदेखि निर्वाचन आचारसंहिता लागू -⏳ निर्वाचन आउन ४५ दिन बाँकी

रियल खबर अनलाइन | ५ माघ, काठमाडौं – फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा निर्वाचन आचारसंहिता, २०८२ लागू भएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आयोगले आचारसंहिता स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जनाएको छ।

आयोगका अनुसार आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ भने निर्वाचन अवधिभर राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, कर्मचारी, सञ्चारमाध्यम तथा सरोकारवाला सबै पक्षले अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन नगर्न सबै पक्षलाई सचेत रहन आग्रह गर्दै लोकतन्त्रको महत्त्वपूर्ण उत्सवलाई मर्यादित र जिम्मेवार ढंगले सम्पन्न गर्न सहयोग गर्न अपिल गरेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement