“अनिर्णयको बन्दी हुँदा पार्टीलाई गम्भीर क्षति पुगेको छ”
रियल खबर अनलाइन, १२ मंसिर, काठमाडौं।आगामी चुनावलाई लक्षित गर्दै नियमित महाधिवेशनको पक्षमा उभिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूको संख्या थपिएको छ। आज ललितपुरको कुपण्डोलमा बसेको बैठकपछि केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले एक सदस्य थपिएको पुष्टि गरेका हुन्।उनका अनुसार, आजको बैठकमा केन्द्रीय सदस्य उमा रेग्मी समेत महाधिवेशन पक्षधर सूचीमा आधिकारिक रूपमा जोडिएकी छन्।
🔵 अनिर्णयले पार्टी कमजोर बन्दै गएको गुनासो
महाधिवेशनसम्बन्धी महत्वपूर्ण निर्णयमा पार्टी नेतृत्वले स्पष्टता नदिँदा—
“पार्टी निरन्तर अनिर्णयको बन्दी बनेको छ, जसको प्रत्यक्ष असर संगठनमा परेको छ”
भनेर केन्द्रीय सदस्यहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
📢 नेतृत्वलाई ध्यानाकर्षण केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले र उनका सहकर्मी सदस्यहरूले एक औपचारिक पत्रमार्फत नेतृत्वलाई ध्यानाकर्षण गराउँदै भनेका छन्—
“समयमै निर्णय नलिएकै कारण पार्टीलाई क्षति पुगेको छ। आगामी चुनौतीहरू सामना गर्न नेतृत्व अब ढिलो नगरी ठोस निर्णयमा जानुपर्छ।”






