रियल खबर अनलाईन १४ मंसिर, पोखरा। पोखरामा मंसिर, पुस र माघ महिनाभर पोखरामा आयोजना हुन लागेका विभिन्न मेला–महोत्सव, सांस्कृतिक कार्यक्रम र पर्यटन आकर्षणहरूले स्थानीयबासी मात्र होइन, राष्ट्रिय अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ।
पोखरा पर्यटकीय शहर भएकाले वर्षको अन्त्य र नयाँ वर्षको सुरुवातका यी महिना पर्यटक आवागमनका हिसाबले अत्यन्तै महत्वपूर्ण मानिन्छन्। यसपटक विभिन्न संघ–संस्था, क्लब तथा पर्यटन व्यवसायीहरूले आयोजना गर्न लागेको कार्यक्रमहरूको बाक्लोपनले आन्तरिक तथा बाह्य पर्यटक बढ्ने, होटल–रेस्टुरेन्ट, यातायात, हस्तकला, कृषि तथा स्थानीय उत्पादकहरू प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ।
यस्ता मेला–महोत्सवबाट:
👉 स्थानीय व्यवसायमा दैनिक आम्दानी बढ्ने
👉 पर्यटकहरूको बसाइ अवधि थपिने
👉 कला, संस्कृति र स्थानीय उत्पादनलाई बजार विस्तार गर्ने अवसर मिल्ने
👉 युवाहरूलाई रोजगार र सहभागिताको मौका बढ्ने
पोखराका उद्योगी–व्यवसायीहरूले पनि यी कार्यक्रमहरूले शहरको आर्थिक सक्रियता उच्चस्तरमा पु¥याउने विश्वास व्यक्त गरेका छन्। वर्षान्तको रमाइलो मौसमसँगै पोखरा फेरि एकपटक सांस्कृतिक र पर्यटनको केन्द्रबिन्दु बन्न तयारी अवस्थामा रहेको छ।
पोखरामा मंसिर, पुस र माघ महिनामा मेला–महोत्सवले गरिदै…….






