Advertisement
Advertisement
Advertisement

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा प्रर्दशन

🔻 यस घटनाले स्थानीय राजनीतिक तापक्रम झनै चर्किएको संकेत दिएको छ।

रियल खबर अनलाइन, २१ मंसिर – काठमाडौं। नेकपा माओवादी केन्द्रबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा ‘प्रभाकर’ले पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका छन्।

शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको विमानमार्फत खलंगा अवतरण गरेलगत्तै उनको स्वागतको ठाउँमा विरोधको माहोल सिर्जना भयो।

उनी सदरमुकाम झर्दै गर्दा स्थानीय कार्यकर्ताहरूले कालो झण्डा देखाउँदै तीव्र विरोध जनाए।

Advertisement

नयाँ पार्टी गठनपछि जनार्दन शर्मा आफ्नै जिल्लामा जाँदा नै यस्तो प्रकारको खुला असन्तुष्टि देखिनु, राजनीतिक वृत्तमा ठूलो चर्चा बनेको छ।

घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति रहेका कारण कुनै अप्रिय घटना भने हुन पाएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement