🔥 उपाधि कसले उचाल्ला?
नेपाल क्रिकेट इतिहासमा नयाँ च्याम्पियन जन्मिने पर्खाइ अब केही समयमै समाप्त हुँदैछ।
रियल खबर अनलाइन | २७ मंसिर, काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को बहुप्रतिक्षित फाइनल मुकाबला आज रोमाञ्चक मोडमा पुगेको छ। उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच मैदानमा कडा प्रतिस्पर्धा चलिरहेको छ।
फाइनल खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्। कप्तान ऐरीको यो निर्णयलाई टोलीको आत्मविश्वास र आक्रामक रणनीतिका रूपमा हेरिएको छ।
एकातिर अनुभवी र सन्तुलित टिम सुदूरपश्चिम रोयल्स, अर्कोतिर युवा जोश र आक्रामक खेलशैलीका लागि परिचित लुम्बिनी लायन्स—दुवै टोली एनपीएलको इतिहासमा आफ्नो नाम स्वर्णाक्षरमा लेखाउन मैदानमा उत्रिएका छन्।
फाइनल खेल हेर्न दर्शकको उल्लेख्य उपस्थिती रहेको छ भने देशभरका क्रिकेटप्रेमीहरू टेलिभिजन र डिजिटल माध्यमबाट खेलमा जोडिएका छन्।






