रियल खबर अनलाईन २७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज महाधिवेशन उद्घाटनमा बोल्दै हिंसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न नसकिने बताएका छन् ।
हाल भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा पटक पटक उनले यस्तो बताएका छन्। हालको वर्तमान सरकार हिंसाबाट आएको भन्दै आफूहरू नस्वीकारेको र नस्वीकार्ने उनले प्रष्ट पारे ।
नेपका एमाले हिंसा या युद्ध समय परिवर्तनको साधन हुन सक्दैन, हुन हुँदैन भन्छ। नेपाली जनताको मन जितेर पनि शान्तिपूर्ण ढंगले पनि समाज बदल्न सकिन्छ,’ ओलीले भने, ‘हामी भन्छौं अनि प्रहार हुन्छ भन्दा एमाले कार्यकर्ताले जोरदार ताली बजएका थिय।






