रियल खबर अनलाइन | ९ पुस, काठमाडौं — निजी लगानीको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यको राजस्व संकलनमा ऐतिहासिक योगदान दिएको तथ्य सार्वजनिक भएको छ । उपलब्ध तथ्यांकअनुसार एनसेलले गत आर्थिक वर्ष २०८१/८२ सम्म सरकारलाई साढे ३ खर्ब रुपैयाँभन्दा बढी कर तथा राजस्व बुझाइसकेको छ ।
यो रकम सरकारको एक आर्थिक वर्षको कुल पूँजीगत बजेटभन्दा समेत बढी रहेको जनाइएको छ । लामो समयदेखि दूरसञ्चार क्षेत्रमा सक्रिय एनसेलले कर, रोयल्टी, लाइसेन्स शुल्क तथा अन्य शीर्षकमार्फत राज्यको आर्थिक आधार मजबुत बनाउन उल्लेखनीय भूमिका खेलेको छ ।
विशेषज्ञहरूका अनुसार एउटै निजी कम्पनीबाट प्राप्त यति ठूलो राजस्व योगदानले राष्ट्रिय अर्थतन्त्र, पूर्वाधार विकास र सार्वजनिक सेवा विस्तारमा सकारात्मक प्रभाव पारेको छ ।
एनसेलको यो योगदानले निजी क्षेत्रको लगानी र कर प्रणालीप्रतिको विश्वासलाई थप बलियो बनाउँदै देशको आर्थिक विकासमा दूरसञ्चार क्षेत्रको महत्वलाई पुनः उजागर गरेको छ ।






