Advertisement
Advertisement
Advertisement

क्रिसमस डे आज मनाइँदै, देशभर सार्वजनिक उल्लास

रियल खबर अनलाइन | १० पुस, काठमाडौं —क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको स्मरणमा आज ‘क्रिसमस डे’ देशभर श्रद्धा, उत्साह र हर्षोल्लासका साथ मनाइँदैछ । चर्चहरूमा विशेष प्रार्थना, भजन–कीर्तन तथा शुभकामना आदान–प्रदान भइरहेको छ ।

करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको धार्मिक विश्वास रहेको छ । यस अवसरमा क्रिश्चियन समुदायले शान्ति, प्रेम र भाइचाराको सन्देश फैलाउँदै एकअर्कालाई शुभकामना आदान–प्रदान गरिरहेका छन् ।

क्रिसमस डे को अवसरमा राजधानी काठमाडौंसहित विभिन्न शहरमा सजावट, सांस्कृतिक कार्यक्रम तथा धार्मिक समारोहहरू आयोजना गरिएका छन् । 🎄✨

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement